PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

जोरविजोर प्रणालीः आज जोर सवारी मात्र गुड्दा सडकमा सवारीको चाप कम



पहिलोपोस्ट

जोरविजोर प्रणालीः आज जोर सवारी मात्र गुड्दा सडकमा सवारीको चाप कम

काठमाडौं : सरकारले आजबाट पुनः सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको छ।

गृह मन्त्रालयले निजी तथा सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली लागू हुने जानकारी दिएको हो। गृह मन्त्रालयको निर्णय अनुसार महानगरीय ट्राफिक प्रहरी महाशाखाले जोर गतेका दिन जोर नम्बर भएका सवारी गुड्ने छन्। त्यस्तै बिजोर गतेका दिन बिजोर नम्बर प्लेट सवारी। यस नियम अनुसार आज जोर नम्बर प्लेट भएका सवारी सडकमा देखिएका छन्।

झन्डै आधा सवारी साधनको सङ्ख्या कम हुँदा काठमाडौंको उपत्यकाभित्रका सडक खाली खाली देखिएका छ। सामान्य दिनमा १० लाख सवारी साधन उपत्यकाभित्र गुड्ने गरेको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाउँछ।

२ सय कोरोना संक्रमित भएका सबै जिल्लाहरुमा यो नियम लागू हुनेछ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीम ढकालले नियम पालना नगर्ने सवारी चालकलाई कारबाही गर्ने बताए। सरकारले असार २६ गतेदेखि जोरबिजोर प्रणाली हटाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell