PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

कोभिड १९ उपचारको लागि सशस्त्र अस्पतालमा २० शैय्याको आइसीयू संचालनमा



पहिलोपोस्ट

कोभिड १९ उपचारको लागि सशस्त्र अस्पतालमा २० शैय्याको आइसीयू संचालनमा

काठमाडौं : सशस्त्र प्रहरीले कोभिड १९ को उपचारको लागि २० शैय्याको आइसीयू संचालनमा ल्याएको छ।

बुधवार सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले कोभिड–१९ उपचारार्थ नेपाल एपीएफ अस्पताल परिसरमा निर्माण सम्पन्न भएको आईसीयू भवन र मोलिकुलर ल्याबको उद्घाटन गरेका हुन्।

कोभिड–१९ को उपचारको लागि भन्दै २० शैय्याको आइसीयू भवन र मोलिकुलर ल्याब निर्माण गरिएको हो। त्यस्तै महानिरीक्षक खनालले नागरिकलाई महामारीको बेलाप्रदान गर्नुपर्ने सेवा र सुरक्षाको साथै अति नै महत्वपूर्ण रहेको स्वास्थ्य सेवा प्रवाहलाई प्राथमिकतामा राखी अहोरात्र बिरामीको सेवामा कृयाशील रहन अस्पतालका चिकित्सकहरुलाई निर्देशन दिएका थिए।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ तथा कोभिड–१९ यूनिफाइड अस्पताल निर्देशन समितिका अध्यक्ष डाक्टर रोशन पोख्रेलले यस कोभिड–१९ महामारीको बेला रोगको पहिचान तथा सीघ्र उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ नेपाल एपीएफ अस्पतालमा आइसीयू भवन र मोलिकुलर ल्याबको स्थापना गरिएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell