PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

कुवेतमा काम लगाइदिने भन्दै  चार जना महिलालाई भारत पुर्‍याएर बन्धक बनाउने पुरुष समातिए



पहिलोपोस्ट

कुवेतमा काम लगाइदिने भन्दै  चार जना महिलालाई भारत पुर्‍याएर बन्धक बनाउने पुरुष समातिए

काठमाडौं : मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

सिन्धुपाल्चोक चौतारा नगरपालिका १ घर भई काठमाडौं गोकर्णेश्‍वर नगरपालिका-३ बस्नेत गाउँ बस्ने ४६ वर्षीय याङलाल लामा भन्ने ह्यांग लाल तामाङलाई सोमवार प्रहरीले पक्राउ गरेको हो। घटनाको अनुसन्धान तथा संलग्न व्यक्तिहरुको खोजी गर्ने क्रममा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले तामाङलाई पक्राउ गरेको हो।

उदयपुर, झापा, सिन्धुपाल्चोक र काठमाडौं जिल्लाका चार जना महिलाहरुलाई तामाङ समेतले विभिन्न मितिमा कुवेतमा राम्रो तलब हुने घरायसी काममा लगाइदिने भन्दै प्रलोभनमा पारी २०७३ चैत्रमा वीरगञ्ज नाका हुँदै भारतको नयाँ दिल्लीस्थित उत्तमपुरमा बन्धक बनाइ राखेका थिए। भारतस्थित नेपाली दूतावास समेतको सहयोगमा उनीहरुको उद्धार गरेर २०७४ जेठमा काठमाडौं ल्याई आफन्तको जिम्मा लगाइएको थियो।

तामाङ उपर कानुन बमोजिम अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell