PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

फेसबुकले हटायो ट्रम्पको भिडियो, झुटो जानकारीको कडा आलोचना



पहिलोपोस्ट

फेसबुकले हटायो ट्रम्पको भिडियो, झुटो जानकारीको कडा आलोचना

फेसबुकले पहिलो पटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पोस्ट हटाएको छ। गलत सूचना प्रवाह हुने गरी ट्रम्पले अपलोड गरेको चुनावी प्रचारात्मक सामग्रीलाई फेसबुकले हटाएको हो। कोरोना भाइरसबारे गलत सूचना प्रवाह गरेका थिए ट्रम्पले।

बालबालिकाले कोरोना भाइरसको प्रतिरक्षा गर्नसक्ने दावीसहितको भिडियो फेसबुकमा अपलोड गरिएको थियो जुन तथ्यभन्दा बाहिरको विषय हो। फेसबुकको आफ्नो नीति बाहिरका सामग्री पोस्ट भएको भन्दै ट्रम्पले अपलोड गरेको भिडियो हटाएको हो। कोरोना भाइरस बढेसँगै इन्फोडेमिक त्रास बढेको भन्दै विश्वभर मिडिया र सोसल मिडियाको आलोचना भइरहेको छ।

फेसबुकले यसअघि नाजीसँग जोडिएका संकेतहरु अपलोड गरेको भन्दै विज्ञापन हटाएको थियो। फेसबुकले ट्रम्पको पोस्ट हटाउनुलाई अभिव्यक्ति स्वतन्त्रतासँग जोड्न नमिल्ने तर्क गरेको छ। ट्रम्पको पोस्ट डिलिटका लागि फेसबुकले चर्को दवावको सामना गर्नुपरेको थियो। ट्रम्पले पोस्ट गरेको भिडियो भने फक्स न्युजबाट अन एयर भएको अन्तर्वार्ताको फुटेज थियो। जसमा उनले विद्यालय खोल्नुपर्ने बताउँदै कोरोना भाइरसले बालबालिकामा असर नपर्ने दावी गरेका थिए। ट्रम्पको अभिव्यक्तिको मेडिकल विज्ञहरुले खण्डन गरेका छन्। 'उनीहरु (बालबालिका)मा बलियो प्रतिरोधात्मक क्षमता हुन्छ जसले जसरी पनि काम गर्छ,' ट्रम्पले भनेका थिए, 'उनीहरुलाई कुनै समस्या छैन।'

यो भिडियो अपलोड भएको ४ घन्टापछि फेसबुकले हटाएको थियो। भिडियो ५ लाख पटकभन्दा बढी हेरिसकिएको थियो। फेसबुकले त्यस भिडियोमा आएका कमेन्टहरुको विश्लेषणसमेत गरेको छ। फेसबुकले सत्यभन्दा टाढा रहेर ट्रम्पबाट आएको अभिव्यक्ति खतरनाक रहेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell