काठमाडौं : गण्डकी प्रदेशमा थप ११ जनामा कोरोन संक्रमण देखिएको छ।
गण्डकी प्रदेशका चार जिल्लाहरु कास्की,पर्वत, गोरखा र नवलपरासीमा कोरोना संक्रमितका बिरामी भेटिएका हुन्। कास्कीको पोखरा महानगरपालिकामा २२ वर्षीय पुरुषमा कोरोना देखिएको हो। त्यस्तै पर्वतको कुश्मामा ३० वर्षीय महिलामा कोरोना पोजेटिभ देखिएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा गोरखाका ६ जनामा कोरोना देखिएको छ। कोरोना देखिएका एक २४ वर्षीय महिलादेखि २२ वर्षीय युवकसम्म रहेका छन्। लुम्बिनी प्रादेशिक अस्पताल, रुपन्देहीमा गरिएको परीक्षणमा नवलपरासीका तीन जनामा कोरोना पोजेटिभ देखिएको छ। उनीहरुलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए।
यससँगै गण्डकी प्रदेशमा संक्रमितको सङख्या १ हजार ५ सय ६६ पुगेको छ।
