PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

सप्तरीमा कोरोनाको लक्षण देखिएर मृत्यु भएका तीनमध्ये एक जनामा देखियो संक्रमण



पहिलोपोस्ट

सप्तरीमा कोरोनाको लक्षण देखिएर मृत्यु भएका तीनमध्ये एक जनामा देखियो संक्रमण

जनकपुरधाम: सप्तरीमा कोभिड १९ को लक्षण देखिएर मृत्यु भएका तीन जनामध्ये एक जनामा संक्रमण पुष्टि भएको छ।

मलेसियाबाट आएर होम क्वारेन्टाइनमा बसेका सप्तरीको रुपनी गाउँपलिका वडा नम्बर ५ का ४५ वर्षीय पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए।

कोरोनाबाट मृत्यु भएका पुरुष ४५ दिन पहिले मलेसियाबाट आएर होम क्वारेन्टाइनमा बसेका थिए र मंगलबार एक्कासी ज्वरो आएको र श्वास फेर्न गाह्रो भएपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल ल्याइएकोमा त्यहाँ उनको उपचार सम्भव नभएपछि धरान पठाउँदै गर्दा मंगलबार राति उनको बाटोमै मृत्यु भएको थियो। त्यस्तै निजी अस्पतालमा उपचार गराई रहेका अन्य दुई जनाको समेत मृत्यु भएकोमा उनीहरुको रिपोर्ट नेगेटिभ आएको छ।

मृतक तीनै जनाको स्वाब संकलन गरि परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा एक जनाको रिपोर्ट पोजेटिभ आएको झाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell