PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

भारतीय दूतावासका कर्मचारीलाई देखियो कोरोना



पहिलोपोस्ट

भारतीय दूतावासका कर्मचारीलाई देखियो कोरोना

वीरगंज: पर्साको वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका कर्मचारीलाई कोभिड १९ को संक्रमण देखिएको छ।

नारायणी अस्पतालका अनुसार वीरगंजस्थित दूतावासका एक जना ३० वर्षीय पुरुष कर्मचारीको कोरोना रिपोर्ट पोजेटिभ आएको हो। कर्मचारीमा कोरोना देखिएपछि दूतावासमा सतर्कता अपनाइएको छ।

दूतावासका कर्मचारीसँगै बिहीवार ४३ जनाको रिपोर्ट पोजेटिभ आएको छ। संक्रमितहरु ७ वर्षदेखि ७३ वर्ष उमेर समूहका छन्। चिकित्सक, सैनिक, नेता, शिक्षक, अस्पतालका कर्मचारी, बैंकका कर्मचारी, लायन्स क्लबका पदाधिकारी रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell