PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

खेलाडी अभ्यासका लागि एन्फाको प्रोटोकल तयार



पहिलोपोस्ट

खेलाडी अभ्यासका लागि एन्फाको प्रोटोकल तयार

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडीको अभ्यासका लागि प्रोटोकल तयार गरेको छ। भदौ १ बाट खेलाडीलाई अभ्यासमा उतार्ने तयारीमा रहेको एन्फाले खेलाडी अभ्यासका लागि प्रोटोकल तयार गरेको हो।

प्रोटोकलमा विभिन्न १७ बुँदामा खेलमा फर्किँदा अपनाउनुपर्ने सावधानीबारे उल्लेख छ। जसमा संक्रमणको लक्षण देखिएको अवस्था देखि लिएर खाना खाने, लुगा धुने विषयमा पनि छुट्टाछुट्टै सन्दर्भहरु प्रोटोकलमा उल्लेख छ। त्यस्तै अभ्यासमा जाँदा तापक्रम मापन गर्ने, सामाजिक दुरी कायम राख्ने, कपडा जुत्ता धुँदा वासिङ मेसिनमा छुट्टाछुट्टै धुने, खाना खाने क्रममा सँगै नखाने, 'टेक अवे' गर्ने लगायतका विषयहरु उल्लेख छन्।

 

केही समयअघि सम्म कोरोना संक्रमित राख्न प्रयोग गरिएको एन्फाको होस्टल खाली गरेर 'डिसइन्फेक्ट' गरिसकेको एन्फाका महासचिव इन्द्रमान तुलाधारले बताए। अभ्यास सुरु गराउनका लागि मेडिकल टिमले प्रोटोकल बनाइसकेको र आवश्यकता परे त्यसमा सुधार पनि गर्नसकिने तुलाधरको भनाई छ। 

विश्वकप छनोट अन्तर्गतका खेलका लागि एन्फाले भदौ १ गतेबाट अभ्यास सुरु गराउने तयारी थालेको छ। जसका लागि खेलाडीहरुलाई काठमाडौं बोलाइसकेको छ। नेपालले कतार विश्वकप २०२२ तथा चीन विश्वकप २०२३ को छनोट खेलअन्तर्गत 'होम गेम' सेप्टेम्बर/अक्टोबर महिनामा खेल्ने तालिका रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell