काठमाडौं: सर्वोच्च अदालतले कानुन व्यवसायीहरु (अधिवक्ता-वकिल)का लागि गेट तोकेको छ।
कोभिड १९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सर्वोच्चको प्रशासन महाशाखाले बिहीवार सूचना प्रकाशित गरेर वकिलहरुका लागि गेट तोकेको हो। अब कानुन व्यवसायीहरुले सर्वोच्च अदालत र बार एशोसिएसनको बीचमा रहेको गेटबाट मात्र प्रवेश गर्नुपर्नेछ।
कानुन व्यवसायीहरुले हाल मूल गेट र महान्यायाधिवक्ता कार्यालयको गेटसमेत प्रयोग गर्दै आएका थिए। अब सर्वोच्चको मुल गेटबाट सेवाग्राहीहरु प्रवेश गर्नेछन्।

