PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

भारतको कोरोना विशेष अस्पतालमा आगलागी, ८ जनाको मृत्यु



पहिलोपोस्ट

भारतको कोरोना विशेष अस्पतालमा आगलागी, ८ जनाको मृत्यु

गुजरातको अहमदाबाद शहरमा रहेको कोरोना संक्रमितको लागि खोलिएको विशेष अस्पतालमा आगलागी भएको छ। श्रेय अस्पतालको क्रिटिकल केयर युनिटमा भएको उक्त दूर्घटनामा परी ८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३ महिला र अन्य पुरुष रहेका छन्।  

अहमदाहबादका मुख्य अग्निनियन्त्रण अधिकारी राजेश भट्टले बीबीसीलाई बताए अनुसार बिहान करिव ३ बजे आगो लागेको हो। आगलागीका कारण विद्युत सट भएको बताए। भने,'पीपीई सेट लगाएका कर्मचारीहरू आत्‍तिएर भाग्न थाले। त्यस पछि आगो फैलियो।'

आगो करिव एक घण्टामा निभेको थियो। लगत्तै अस्पतालमा उपचाररत् ४० संक्रमितलाई अस्पतालमको अन्य वार्डमा सारिएको छ।

अग्निनियन्त्रण अधिकारी राजेश भट्ट र उनको टोली अब सेल्फ क्वारेन्टिनमा रहनेछन्। किनकि उनीहरू संक्रमितसँग नजिक रहेर काम गरेका थिए।

घटना बारे थप अनुसन्धान भइरहेको छ। जसका लागि अस्पतालका निर्देशक प्रहरी नियन्त्रणमा छन्‍।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell