PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'मुलान'को डिजिटल रिलिज बारे निराश छन् बेलायती सिनेमा प्रतिनिधि



पहिलोपोस्ट

'मुलान'को डिजिटल रिलिज बारे निराश छन् बेलायती सिनेमा प्रतिनिधि

डिज्नीले अमेरिकन इपिक ड्रामा ‘मुलान’ डिज्नी प्लसमार्फत् सार्वजनिक गर्ने निर्णयको बेलायती सिनेमाका प्रतिनिधि संस्थाहरूले विरोध गरेका छन्।

फिल्म सिनेमा घरहरूमा प्रदर्शनको तयारीमा थियो। तर, तोकिएको मितिमा संसारभर महामारी फैलियो जसको असर फिल्म क्षेत्रमा पनि पर्‍यो। मुलानको प्रदर्शन पनि स्थगित भयो। तीन महिनामा करिव डिज्नीलाई करिव ४.७ बिलियन डलर घाटा भएपछि फिल्म डिजिटल प्ल्याटफर्म मार्फत् नै रिलिज गर्ने घोषणा भएको हो।

अमेरिकामा यसै वर्ष सार्वजनिक हुने फिल्म अन्य देशका लागि फरक प्ल्याटफर्ममार्फत् केही समय पछि मात्र रिलिज हुँदैछ।

यूके सिनेमा एसोसिएशनले यूकेमा पनि 'मुलान' डिजिटल हुनसक्ने जनाएको छ। विज्ञप्तीमार्फत् भनेको छ 'यो निकै निराशाजनक खबर हो।' संघको प्रमुख कार्यकारी फिल क्ल्यापले भनेका छन्,'यो निर्णयले फिल्मसँ जोडिएका धेरैलाई पछाडि धकेल्ने छ।'

यूकेमा जुलाईदेखि नै सिनेमा घरहरू खुला छन् तर दर्शक संख्या निराशाजनक। त्यसमाथि मुलानजस्तो प्रतिक्षित फिल्मको डिजिटल रिलिज घोषणा हुनुलाई निराशाजनक मानिएको हो। मुलानको अनलाइन रिलिजलाई क्ल्यापले 'गलत समयमा गरिएको गलत निर्णय' बताएका छन्।

आफ्नो बिरामी बुबालाई सेनाका लागि लड्न जानबाट रोक्न खोज्छिन्, हुवा मुलानले। उनी एक साहसी युवती हुन् जो उत्तरी भेगबाट चीन पसेका दुस्मनहरुसँग लड्न पुरुषको भेषमा मैदान छिर्छिन्। तीनै युवतीको कथामाथि बनेको छ मुलान।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell