PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

यौन दुर्व्यवहार बारे बनेको नेटफ्लिक्स डकुमेन्ट्री 'औड्री एण्ड डेजी'की मुख्य पात्रले गरिन् आत्महत्या



पहिलोपोस्ट

यौन दुर्व्यवहार बारे बनेको नेटफ्लिक्स डकुमेन्ट्री 'औड्री एण्ड डेजी'की मुख्य पात्रले गरिन् आत्महत्या

नेटफ्लिक्सको डकुमेन्ट्री 'औड्री एण्ड डेजी'की पात्र डेजी कोलेम्यानले आत्महत्या गरेकी छिन्। उनकी आमाका अनुसार उनी बुधवार मृत भेटिएकी हुन्। प्रहरीले उनको आत्महत्या पुष्टि गर्‍यो।

२३ वर्षीय डेजी यौन हिंसाको पीडित हुन्। सन् उनी १४ वर्षको हुँदा उनको बलात्कार भएको थियो। मिसौरीको म्यारीभिलामा एक पार्टी सकिए पछि उनलाई रक्सी खुवाएर उनीविरुद्ध दुर्व्यवहार गरिएको थियो।

डेजीको बलात्कार देशव्यापी आन्दोलनको मुद्दा बनेको थियो। उनी स्वयंले घटना सार्वजनिक गरेकी थिइन्। १७ वर्षीय म्याथिउ बार्नेटविरुद्ध उजुरी दिएकी थिइन्। तर, किशोरावस्थामा रहेका आरोपित पीडकविरुद्धको उजुरी केही समयमै खारेज भएको थियो।

My daughter Catherine Daisy Coleman committed suicide tonight. If you saw crazy / messages and posts it was because I...

Posted by Melinda Moeller Coleman on Tuesday, August 4, 2020

उनकी आमा मेलिन्डा कोलेम्यानले तीनै पीडकहरूले दिएको चोट हालसम्म ठीक नभएको जनाएकी छन्। फेसबुकमा लेखेकी छिन्,'उ एक असल साथी र उत्कृष्ट छोरी थिइ। उसलाई लागेको थियो होला म उ बीना बाँच्न सक्छु। तर, सक्दिँन।'

मेलिन्डाले आफूले छोरीको पीडा लिन सकेको भए यस्तो घटना नघट्ने अनुमान समेत गरेकी छिन्। पीडकको राजनीतिक पहुँच र पैसाका कारण आफ्नो छोरी अन्यायमा परेको र नतिजा स्वरुप उनले आत्महत्या गरेको दावी गरेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell