PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

आलिया भट्टले सार्वजनिक गरिन् 'सडक २'को प्रदर्शन मिति



पहिलोपोस्ट

आलिया भट्टले सार्वजनिक गरिन् 'सडक २'को प्रदर्शन मिति

फिल्म 'सडक २' आउँदो अगस्ट २८ देखि प्रदर्शन हुने भएको छ। बलिउड अभिनेत्री आलिया भट्ले ट्वीटरमार्फत् उक्त जानकारी दिएकी हुन्। यसअघि उक्त फिल्‍म पनि डिजिटल प्ल्याटफर्म डिज्नी प्लसमार्फत् प्रदर्शनमा आउने बताइएको थियो।

महेश भट् निर्देशित ‘सडक २’ कोरोना भाइरस संक्रमण रोकथामका लागि बन्द गरिएका सिनेमा घरहरु खुल्ने टुंगो नभए पछि डिजिटल प्रदर्शन तय भएको थियो।

फिल्ममा आलिया भट्, आदित्य रोय कपुर, सञ्जय दत्त, पूजा भट् लगायतको अभिनय रहेको छ।

फक्स स्टार स्टूडियोको प्रस्तुति रहेको फिल्म सन् १९९१ मा प्रदर्शन भएको 'सडक'को सिक्वेल हो। फिल्ममा पूजा भट् र सञ्जय दत्तको मुख्य अभिनय रहेको थियो। ठूलो पर्दाका लागि बनाइएको यस सिक्वेल लगानी र निर्माताको पाटोलाई ध्यानमा राख्दै डिजिटल प्ल्याटफर्ममार्फत् रिलिज गर्न लागेको बताइएको छ।

अमिताभ बच्चन र आयुष्मान खुराना अभिनित ‘गुलाबो सिताबो’ लकडाउन यता डिजिटल प्ल्याटफर्ममा रिलिज हुने पहिलो फिल्म हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell