PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

जुवातास खेलिरहेको अवस्थामा डेढ लाख बढी रुपैयाँसहित कपुरधाराबाट १० जना पक्राउ



पहिलोपोस्ट

जुवातास खेलिरहेको अवस्थामा डेढ लाख बढी रुपैयाँसहित कपुरधाराबाट १० जना पक्राउ

काठमाडौं: जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ।

काठमाडौं महानगरपालिका २६ कपुरधारा मोहन गल्लीस्थित शम्भु थापाको घरमा तास खेलिरहेको अवस्थामा थापा र सोही ठाउँ बस्ने गोरखाका ४२ वर्षीय तोपबहादुर गुरुङसहित १० जनालाई नगद १ लाख ८५ हजार ९ सय ४० रुपैयाँर ६ बुक तास सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell