PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

घरभित्र घुसेर किशोरी बलात्कार गरेको अभियोगमा ठेकेदार पक्राउ



पहिलोपोस्ट

घरभित्र घुसेर किशोरी बलात्कार गरेको अभियोगमा ठेकेदार पक्राउ

काठमाडौं : डोल्पामा घरभित्र जबरजस्ती घुसेर किशोरीमाथि जबरजस्ती करणी गर्ने २ जना ठेकेदारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्लाको जगदुल्ला गाउँपालिका-६ झ्याकोटस्थित भवन निर्माणसम्बन्धी काम गर्ने ठेकेदार जाजरकोट बारेकोट गाउँपालिका-६ घर भएका ३१ वर्षीय कर्ण बहादुर महतरा र जगदुल्ला गाउँपालिका-४ बस्ने ३१ वर्षीय अंगत बहादुर महतरा पक्राउ परेका हसन्।

आइतबार साँझ पीडितकै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय काईगाउँबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

ओखलढुंगामा २१ वर्षीया महिला बलात्कृत

त्यसैगरी ओखलढुंगामा २१ वर्षीया महिला बलात्कृत भएकी छन्। जबरजस्ती करणी गरेको अभियोगमा मानेभन्ज्याङ गाउँपालिका-३ बस्ने २६ वर्षीय रमेश राईलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।

साउन १७ गते सोही ठाउँस्थित खरबारीमा ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले राईलाई पक्राउ गरेको हो।

सुनसरीमा पनि जबरजस्ती करणी

यसैगरी सुनसरीस्थित देवानगञ्ज-२ बस्ने २५ वर्षीय बालकृष्ण यादवलाई १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

मंगलबार राति जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। सोही घटनामा संलग्न फरार रहेका सोही ठाउँबस्ने २५ वर्षीय प्रदीप यादवको प्रहरीले खोजी गरिरहेको छ।

यी तीनै घटनामा प्रहरीबाट थप अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell