PahiloPost

May 23, 2026 | ९ जेठ २०८३

अयोध्यामा राम मन्दिर शिलान्यास हुँदा पशुपतिमा दिपावली



पहिलोपोस्ट

अयोध्यामा राम मन्दिर शिलान्यास हुँदा पशुपतिमा दिपावली

काठमाडौं: भारतको उत्तर प्रदेशस्थित अयोध्यामा राम मन्दिर शिलान्यास (भूमि पूजन) भएको खुशीयालीमा काठमाडौंको पशुपतिनाथ मन्दिर क्षेत्रमा दिपावली गरिएको छ।

बुधबार साँझ विश्व हिन्दु परिषद् नेपालले पशुपतिनाथ क्षेत्रस्थित शंकराचार्य मठ अगाडि दीप प्रज्वलन गरेको हो। दीप प्रज्वलन कार्यक्रममा भगवान रामको जयजयकार गरिएको थियो।

कार्यक्रममा परिषद्का कार्यकर्ता, धार्मिक संघसंस्थाका प्रतिनिधि, बुद्धिजिवी, शुभचिन्तक लगायत उपस्थित सर्वसाधारणहरुले हर्षोल्लासपूर्वक दीप प्रज्वलन गरेका थिए। काठमाडौंका विभिन्न १५ स्थानमा विश्व हिन्दु परिषद् नेपालद्वारा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको थियो। देशभर तीन हजार स्थानमा दीप प्रज्वलन गरिएको परिषदले जानकारी दिएको छ।

दीप प्रज्वलनमा सन्त केशवाचार्य जनकपुरधाम जानकी मन्दिरको रामरोशन दास, विश्व हिन्दु परिषद् नेपालका उपाध्यक्ष उद्धव घिमिरे, महासचिव जितेन्द्र सिंह, संगठन सचिव प्रल्हाद कुमार, केन्द्रीय सदस्य लिलाराज उप्रेती र हिन्दु स्वयंसेवक संघ विचार परिवारका कार्यकर्ताको सहभागिता थियो।

परिषद्ले देशैभरी हरेका आफ्ना शाखा तथा अन्य धार्मिक संस्थाहरुसँग समन्वय गरी दीप प्रज्वलन तथा भजन किर्तन कार्यक्रम आयोजना गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell