PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

प्रहरी प्रधान कार्यालयमा कार्यरत थप १० जना सुरक्षाकर्मीमा कोरोना



पहिलोपोस्ट

प्रहरी प्रधान कार्यालयमा कार्यरत थप १० जना सुरक्षाकर्मीमा कोरोना

काठमाडौं : प्रहरी प्रधान कार्यालय नक्सालमा थप १० जनामा कोरोना संक्रमण देखिएको छ।

प्रहरी अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा १० जना प्रहरीमा कोरोना भाइरस पोजेटिभ देखिएको हो। उनीहरुलाई अस्पतालको आइसोलेसनमा राखिएको छ। यससँगै प्रहरी प्रधान कार्यालय नक्सालमा मात्र संक्रमितको सङ्ख्या ८५ पुगेको छ।

त्यस्तै, यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यारत १४ जना प्रहरीमा पनि संक्रमण देखिएको थियो। अहिले देशभर ३ सय १९ जना प्रहरीमा कोरोना पुष्टि भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell