PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

प्रदेश १ मा थप ६६ जनामा कोभिड १९ संक्रमण पुष्टि



फूलमाया पुरी

प्रदेश १ मा थप ६६ जनामा कोभिड १९ संक्रमण पुष्टि

विराटनगर : पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप ६६ जनालाई कोभिड १९ संक्रमत पुष्टि भएको छ।

मोरङमा २४, सुनसरीमा १९ जना संक्रमित थपिएका छन्। त्यस्तै इलाममा १५ र झापामा ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयको तथ्याकंअनुसार मोरङको विराटनगरमा ११ पुरुष र १० महिला, बेलबारीमा २ पुरुष र रंगेलीमा १ पुरुषमा संक्रमण पुष्टि भएको छ।

त्यसैगरी सुनसरीको धरानमा ११ पुरुष, ३ महिला, इटहरीमा ४ पुरुष, १ महिला, इलामको इलाम नगरपालिकामा १५ पुरुष र झापाको मेचीनगरमा ७ पुरुष, १ महिलामा पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा संक्रमितको संख्या १ हजार २ सय ५५ पुगेको छ।

प्रदेश १ मा आज १८ जना डिस्चार्ज भएका छन।

पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आइसोलेसन अस्पताल गोठगाउँबाट १२ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ जना डिस्चार्ज भएका छन्।

डिस्चार्ज हुनेमा झापाका ९, मोरङका ६ जना रहेका छन्। भने धनकुटा सुनसरी र पाँचथरका १/१ जना रहेका छन्।

प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ९ सय ५ पुगेको छ।

प्रदेश १ मा आज १ हजार ५४ जनाको पीसीआर परीक्षण भएको छ। परीक्षण गरिएकामध्ये १५ महिला र ५१ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयको तथ्याकं छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell