काठमाडौं: बिहीवार थप ३ सय ६० जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ। ५ जनाको संक्रमणका कारण मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा ६ हजार ६ सय २२ जनामा गरिएको पीसीआर परीक्षणमा ३ सय ६० लाई संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दुई सय ३३ जना डिस्चार्ज भएको बताए। ६ हजार २ सय ९६ संक्रिय संक्रमित छन्।
