PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

५ लाख बराबरको अवैध ६ टन हरियो केराउ बरामद



पहिलोपोस्ट

५ लाख बराबरको अवैध ६ टन हरियो केराउ बरामद

विराटनगर : मोरङको दक्षिणपूर्वी सीमा क्षेत्रबाट अवैध चोरी निकासी गर्न लागिएको ५ लाख रुपैयाँ बराबरको ६ हजार २ सय ५० किलोग्राम हरियो केराउ प्रहरीले बरामद गरेको छ।

धनपालथान गाउँपालिका वडा नम्बर २ मा पर्ने नेपाल–भारत सीमावर्ती क्षेत्र पौठाबाट प्रहरीले साउन २१ गते राति साढे १० बजे केराउ बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार मायागञ्ज प्रहरी चौकीका प्रहरी नायब निरीक्षकको कमान्डमा गएको टोलीले केराउ बरामद गरेको हो।

प्रहरी टोली पुगेको देख्नेबित्तिकै केराउ लोड गरिएको को १ ख ४८८७ नम्बरको मिनी ट्रक छाडेर चालक फरार भएको प्रवक्ता राईले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

उक्त हरियो मटर धनपालथान गाउँपालिका वडा नम्बर २ बस्ने दिलीप साहको हो भन्ने प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको र निज समेत फरार रहेकाले खोजतलास कार्य जारी रहेको डीएसपी राईले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell