PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

सिभिल मलका सामान 'ग्यापु'ले घरमै पुर्याउँदै, लाग्दैन शुल्क



पहिलोपोस्ट

सिभिल मलका सामान 'ग्यापु'ले घरमै पुर्याउँदै, लाग्दैन शुल्क

काठमाडौं : नेपाली इ-कमर्स कम्पनी ग्यापु मार्केटप्लेस (ग्यापु डटकम)ले सिभिल मलको अनलाइन साझेदार बनेको छ। अब ग्यापुले मलका सबै पसलका सामान घरघरमै नि:शुल्क डेलिभरी गर्ने भएको हो।

सिभिल मलका १ सय ५० वटा पसलमा चार लाख भन्दा बढी सामान उपलब्ध छन्। ग्राहकले ग्यापुको वेबसाइट वा मोबाइल एप प्रयोग गरी आवश्यक सामान अर्डर गर्न सक्नेछन्। त्यसका लागि ग्यापुको सेल्स सपोर्ट टिमको कार्यालय सिभिल मलमा राखिने छ।

भौगोलिक दुरी अनुरूप सामान डेलिभरीको अवधि निर्धारण हुने ग्यापु डटकमका निर्देशक ज्ञानेन्द्र खड्काले बताए। काठमाडौं उपत्यकासँगै काभ्रेपलान्चोकको बनेपासम्म डेलिभरी गरिने खड्काले जानकारी दिए।

ग्राहकले डेलिभरी पूर्व ई-सेवाबाट पैसा तिरि क्यासब्याक समेत लिन सक्नेछन्। ग्राहकले कुनै पनि राष्ट्रिय वा अन्तर्राष्ट्रिय बैंक कार्डहरू, आईएमई पे, फोने पे, कनेक्ट आइपिएस, प्रभु पे मार्फत बिल तिर्न सक्छन् भने डेलिभरिको समयमा नगद समेत दिन सक्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell