PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

राष्ट्रिय सभाका ४ वटा समितिको सभापतिमा एकल उम्मेदवारी



पहिलोपोस्ट

राष्ट्रिय सभाका ४ वटा समितिको सभापतिमा एकल उम्मेदवारी

काठमाडौं: राष्ट्रिय सभाका ४ वटा विषयगत समितिको सभापतिमा चार जनाको एकल उम्मेदवारी परेको छ। हरेक समितिमा एक/एक जनाको मात्रै उम्मेदवारी परेको हो। उम्मेदवारको बिहीवार मनोनयन पत्र दर्ता गरिएको छ।

राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको सभापतिमा परशुराम मेघी गुरुङको उम्मेदवारी परेको छ। गुरुङको नाम तारामान स्वारको समर्थनमा देवेन्द्र दाहालले प्रस्ताव गरेका थिए।

त्यसैगरी प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण विडारीले उम्मेदवारी दिएका छन्। विडारीको नाम शेरबहादुर कुँवरको समर्थनमा राधेश्याम अधिकारीले प्रस्ताव गरेका थिए।

दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्टको उम्मेदवारी परेको छ। भट्टको समर्थक रमेशजंग रायमाझी हुन् भने दिनानाथ शर्मा प्रस्तावक हुन्।

राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा दिलकुमारी रावल थापा (पार्वती)ले उम्मेदवारी दिएकी छन्। अनिता देवकोटाको समर्थनमा खिमलाल भट्टराईले उनको नाम उम्मेदवारमा प्रस्ताव गरेका थिए।

सबै समितिमा एकल उम्मेदवारी परेकाले उम्मेदवारहरु स्वत: निर्वाचित हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell