PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

पोखरीमा डुबेर सिरहामा एक बालकको मृत्यु



रासस

पोखरीमा डुबेर सिरहामा एक बालकको मृत्यु

लहान : सिरहाको नरहा गाउँपालिका-५ अधिकारी टोलस्थित कमुतिया पोखरीमा डुबेर आज एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा नरहा गाउँपालिका-५ अधिकारी टोल बस्ने रामेश्वर शर्माका तीन वर्षीय छोरा राज शर्मा रहेका छन्।

पोखरीमा नुहाउने क्रममा डुबेर सिकिस्त भएका बालक शर्मालाई स्थनीयवासीले उद्धार गरी उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा पुर्‍याएका थिए। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि चोहर्वातर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell