सुर्खेत : जिल्ला प्रशासन कार्यालय सुर्खेतले २५ गतेदेखि अत्यावश्यक सेवा बाहेक अन्य सेवा प्रवाह बन्द गर्ने भएको छ। जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकको निर्णय अनुसार कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेको भन्दै कार्यालयले नागरिकता, राहदानी सिफारिस, संघसंस्था दर्ता, नवीकरण र अन्य सिफारिस समेतको सेवा प्रवाह बन्द गर्ने जनाएको छ।
बैठकले मानिसहरु जमघट हुने गरी कुनै पनि सभा, गोष्ठी, तालिम, जात्रा, महोत्सवमा रोक लगाइसकेको छ। यद्यपि, सरकारी सेवा प्रवाह गर्ने कार्यालयहरुमा अत्यधिक रुपमा सेवाग्राहीको भिड बढ्दा संक्रमणको जोखिम देखिएको भन्दै अर्को निर्णय नहुँदा सम्मका लागि अत्यावश्यक सेवा बाहेक अन्य सेवा प्रवाह बन्द गरिएको प्रशासनले जनाएको छ।
