PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

आफ्नो गल्तीका लागि अमिताभ बच्चनले माफी मागे



पहिलोपोस्ट

आफ्नो गल्तीका लागि अमिताभ बच्चनले माफी मागे

बलिउडका दिग्गज अभिनेता अमिताभ बच्चनले आफ्नो गल्तीका लागि फ्यानसँग माफी मागेका छन्। भर्खरै कोरोनालाई जितेर घर फर्किएका अमिताभले आफूबाट भएको गल्तीका लागि माफी मागेका हुन्।

सामाजिक सञ्जाल ट्वीटरमा सक्रिय अमिताभले एक कविता शेयर गर्दै उक्त कविता आफ्ना पिता हरिवंश राय बच्चनले रचना गरेको उल्लेख गरेका थिए। तर वास्तविकता के थियो भने उक्त कविता प्रसून जोशीले रचना गरेका थिए।

ट्वीटरमा भएको यो गल्तीका लागि अमिताभले सबैसँग माफी मागेका हुन्। माफी मागेर अमिताभले गल्ती सच्याएका छन्।

‘हिजो शेयर गरेको कविताको लेखक बाबुजी होइनन्। त्यो कुरा गलत थियो। त्यसको रचना कवि प्रसून जोशीले गरेका हुन्। यसका लागि म क्षमाप्रार्थी छु,’ अमिताभले लेखेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell