PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

काेभिड-१९ मानिसको मृत्यु हुने मुख्य ५० रोगमध्ये कान्छोमा : मन्त्री खतिवडा



पहिलोपोस्ट

काेभिड-१९ मानिसको मृत्यु हुने मुख्य ५० रोगमध्ये कान्छोमा : मन्त्री खतिवडा

काठमाडौं : अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले कोरोना संक्रमण रोकथाममा लकडाउन मात्रै गर्दा स्वास्थ्य सम्बन्धी अरु कारणले नागरिकको मृत्यु नहोस् भन्ने पक्षमा सरकार रहेको बताएका छन्।

उनले सोमवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै कोभिड-१९ मानिसको मृत्यु हुने मुख्य ५० वटा रोगमध्ये कान्छोमा पर्ने समेत बताए।

‘लकडाउन मात्रै गरिरहँदा ५० वटा मुख्य रोगहरु जसले मान्छेलाई मार्छ, त्यो रोगमध्ये कोभिड चाहिँ कान्छोतिर पर्छ। विगत ६ महिनाको तथ्यांकमा कोभिड-५० औं नम्बरमा पर्न आएको छ,’ उनले भने।

उनले थपे, ‘हामी यो चाहन्छौँ कि कोरोनाका कारण लकडाउन मात्र गर्दा अन्य रोगको कारण नेपालीको मृत्यु नहोस्।’

उनले प्रधानमन्त्रीको उपस्थितिमा भएको विज्ञहरुको परामर्शमा विज्ञहरुले नागरिकको स्वास्थ्य र आर्थिक जीवनलाई सन्तुलित बनाउनुपर्ने सुझाव दिएको बताए। उनले कतिपय विज्ञले लकडाउनमात्रै सबै समस्याको समाधान नरहेको बताएको उल्लेख गरे।

मन्त्री खतिवडाले कोभिड-१९ बाट बच्न भिडभाड नगर्ने, मास्क लगाउनेजस्ता सावधानी पनि अपनाउनुपर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell