PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

गण्डक कोभिड अस्पतालमा ५६ वर्षीय पुरुषको मृत्यु, पीसीआर रिपोर्ट आउन बाँकी



राधेश्याम पटेल

गण्डक कोभिड अस्पतालमा ५६ वर्षीय पुरुषको मृत्यु, पीसीआर रिपोर्ट आउन बाँकी

वीरगंज : गण्डक कोभिड अस्पताल वीरगंजमा बिहीवार बिहान ६ बजे एक जना पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगंज १० आदर्शनगरका ५६ वर्षीय पुरुष रहेको नारायणी अस्पताल वीरगंजका मेडिकल सुपरिटेन्डेन्ट मदनकुमार उपाध्यायले बताए।

मधुमेह र मुटुरोगबाट पीडित रहेका उनलाई श्वासप्रश्वासको समस्या देखिएपछि साउन २० गते साँझ नारायणी अस्पताल अन्तर्गतको गण्डक कोभिड अस्पतालमा भर्ना गरिएको थियो। अवस्था गम्भीर बन्दै गएपछि गएराति १० बजेतिर भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएकोमा उनको बिहीवार बिहान मृत्युु भएको हो।

उनको पीसीआर परीक्षणको रिपोर्ट अझै आइनसकेको डा उपाध्यायले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell