PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

बेरुत विस्फोट घटना : मृत्यु हुनेको संख्या १३७ पुग्यो, घटनास्थल सेनाको नियन्त्रणमा



पहिलोपोस्ट

बेरुत विस्फोट घटना : मृत्यु हुनेको संख्या १३७ पुग्यो, घटनास्थल सेनाको नियन्त्रणमा
Photo: Wael Hamzeh/EPA

लेबनानको राजधानी बेरुतमा मंगलवार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या १३७ पुगेको छ। सो घटनामा बिहीवार बिहानको तथ्यांक अनुसार कम्तीमा ५ हजार जना घाइते भएको द गार्डियनले उल्लेख गरेको छ

दजनौँ मानिसहरु अझै हराइरहेको त्यहाँको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले बताएका छन्।

‘यो तथ्यांक अन्तिम होइन,’ उनले भने।

घटनास्थललाई सेनाले नियन्त्रणमा लिएको छ। दुई हप्ता लामो संकाटकाल घोषणा गरिएको पहिलो दिनमै सेनाले घटनास्थललाई नियन्त्रणमा लिएको हो।

विस्फोटबाट क्षति पुगेका सडक, भवनहरु तथा अस्पतालका भग्नावशेष पन्छाउन स्वयंसेवकहरुले सेनालाई मद्यत गरिरहेका छन्। विस्फोटको बारेमा अनुसन्धान गर्न समिति गठन गरिएको लेबनान सरकारले जनाएको छ। विस्फोट २०१४ देखि बन्दरगाहमा भण्डारण गरेर राखिएको २ हजार ७५० टन एमोनियम नाइट्रेटका कारण भएको बताइएको छ।

६ वर्षसम्म उच्च प्रज्वलनशील वस्तु बस्ती नजिक भण्डारण गरेको विषयमा लेबनानका अधिकारीहरुले एकअर्कामाथि दोषारोपण गर्न शुरु गरेका छन्। २०१३ मा बेरुतमा झारिएको सो एमोनियम नाइट्रेट रसियन मालिकले बेवास्ता गरेपछि त्यहीँ नै भण्डारण गरिएको थियो।

लेबनानको भन्सारका महानिर्देशक बद्री दहेरले सो रसायनको व्यवस्थापन गर्न न्यायपालिकालाई पटकपटक पत्र पठाइएको बताएका छन्। अनुसन्धानका क्रममा बन्दरगाहका केही अधिकारीहरुलाई पक्राउ गर्ने आदेश जारी गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell