PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

गण्डक कोभिड अस्पतालमा मृत्यु भएका ५६ वर्षीय पुरुषमा कोरोना पुष्टि



राधेश्याम पटेल

गण्डक कोभिड अस्पतालमा मृत्यु भएका ५६ वर्षीय पुरुषमा कोरोना पुष्टि

वीरगंज : गण्डक कोभिड अस्पताल वीरगंजमा बिहीवार बिहान मृत्यु भएका पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। उनको पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आएको गण्डक कोभिड अस्पतालका संयोजक डा उदयनारायण सिंहले जानकारी दिए।

मृत्यु हुनेमा वीरगंज १० आदर्शनगरका ५६ वर्षीय पुरुष रहेको नारायणी अस्पताल वीरगंजका मेडिकल सुपरिटेन्डेन्ट मदनकुमार उपाध्यायले बताए।

मधुमेह र मुटुरोगबाट पीडित रहेका उनलाई श्वासप्रश्वासको समस्या देखिएपछि साउन २० गते साँझ नारायणी अस्पताल अन्तर्गतको गण्डक कोभिड अस्पतालमा भर्ना गरिएको थियो। अवस्था गम्भीर बन्दै गएपछि गएराति १० बजेतिर भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएकोमा उनको बिहीवार बिहान मृत्युु भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell