PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

वीर अस्पतालका एक जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि, अन्य ५ कर्मचारी क्वारेन्टाइनमा



पहिलोपोस्ट

वीर अस्पतालका एक जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि, अन्य ५ कर्मचारी क्वारेन्टाइनमा

काठमाडौं : वीर अस्पतालका एक जना चिकित्सकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ओपीडीमा रहेका एक चिकित्सकमा कोरोना पुष्टि भएको अस्पतालका कार्यकारी निर्देशक डा केदार सेन्चुरीले जानकारी दिए।

उनीसँग सम्पर्कमा आएका अन्य पाँच कर्मचारी क्वारेन्टाइनमा रहेको र उनीहरुको पनि परीक्षण गर्न लागिएको डा सेन्चुरीले बताए।

कार्यकारी निर्देशक डा सेन्चुरीले भने, ‘आजै पुष्टि भएको हो। ओपीडीमा हुनुहुन्थ्यो। उहाँको सम्पर्कमा रहेका अरु ५ जनाको पनि परीक्षण हुन्छ। सावधानी अपनाउदा अपनाउदै पनि संक्रमण भयो।’

ओपीडीमा रहेका बिरामीबाट चिकित्सकमा संक्रमण सरेको हुन सक्ने उनले बताए। ती चिकित्सक आइसोलेसनमा रहेको उनले जानकारी दिए। उनको परिवारका सबैको परीक्षण गरिने सेन्चुरीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell