PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

चुच्चेपाटीमा श्रीमानद्वारा श्रीमती र छोरीमाथि थिनर प्रहार 



पहिलोपोस्ट

चुच्चेपाटीमा श्रीमानद्वारा श्रीमती र छोरीमाथि थिनर प्रहार 

काठमाडौं : चुच्चेपाटीमा एक पुरुषले श्रीमती र छोरीलाई थिनर (एसिड) प्रहार गरेका छन्। घरायसी विवाद हुँदा श्रीमती र छोरीलाई उनले थिनर प्रहार गरेको प्रहरीले जनाएको छ।

‘श्रीमती र छोरीलाई प्रहार गरेको देखियो। थप बुझ्द्छौं,’ महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले भने।

थिनर एक प्रकारको केमिकल हो। केमिकलको कारण श्रीमतीको आँखामा चोट लागेकोले उनलाई तिलगङ्गा आँखा अस्पताल लगिएको छ।

हेटौंडा घर भई चुच्चेपाटी डेरा गरी बस्ने राजन बिष्टले थिनर प्रहार गरेका हुन्। उनी पेन्टिङको काम गर्ने र मदिरा सेवन गरेर आएपछि प्रहार गरेको खुलेको छ।

‘यो हिंसा हो, हामीले मानिस नियन्त्रणमा लिइसकेका छौं,’ एसएसपी ज्ञवालीले भने।

यसअघि, साउन ८ गते काठमाडौंको वाफलमा दुई पुरुषले २२ वर्षीय युवतीमाथि एसिड प्रहार गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell