PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

टेलिभिजन एक्टर समीर शर्मा आफ्नै फ्ल्याटमा झुन्डिएको भेटिए



पहिलोपोस्ट

टेलिभिजन एक्टर समीर शर्मा आफ्नै फ्ल्याटमा झुन्डिएको भेटिए

मुम्बई : कलाकार समीर शर्मा आफ्नै फ्ल्याटमा झुन्डिएको अवस्थामा फेला परेका छन्। हसी तो फसी फिल्मका ४४ वर्षीय एक्टर शर्मालाई टेलिभिजन सो कहानी घर घरकी र वो रहेनी वाली महलोकी मा दर्शकले रुचाएका थिए।

किचेनको सिलिङ फ्यानमा उनले झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ। पत्नीसँग छुट्टिएर लामो समयदेखि उनी एक्लै बस्दै आएका थिए। प्रहरीले कुनै सुसाइड नोट नभेटिएको जनाएको छ।

बिहीवार राति ९ बजे चौकीदारले किचेनमा उनलाई झुन्डिरहेको देखेपछि प्रहरीलाई खबर गरिएको थियो। उनले आत्महत्या कहिले गरे यकिन छैन किनभने फ्ल्याट खोल्दा नराम्रो गन्ध आउन थालिसकेको थियो। कम्तिमा पनि दुई दिन अघि नै उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।

'हाम्रो अनुमानमा दुई दिनअघि नै उनले आत्महत्या गरेका हुन्। उनका बाबुआमा र बहिनी बैङ्गलोरमा छन्। उनीहरुलाई खबर गरिसकेका छौं,' एक प्रहरी अधिकृतले भने।

प्रहरीले उनको स्वास्थ्य अवस्था र आर्थिक कारोवारको अनुसन्धान सुरु गरिसकेको छ। गत वर्षको डिसेम्बरबाट उनी उक्त फ्ल्याटमा सरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell