PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

अमेरिका र ब्राजिलपछि भारतमा पनि २० लाखमाथि संक्रमित



पहिलोपोस्ट

अमेरिका र ब्राजिलपछि भारतमा पनि २० लाखमाथि संक्रमित

नयाँ दिल्ली : बिहीवारबाट भारत विश्वमा २० लाख भन्दा धेरै संक्रमित हुने तेस्रो मुलुक बनेको छ। अमेरिका र ब्राजिल पछि भारतमा मात्रै २० लाखभन्दा धेरै संक्रमित छन्।

भारतमा १० लाख संक्रमित त पछिल्लो तीन सातामा मात्रै थपिएका हुन्। यस अवधिमा ४२ प्रतिशत संक्रमित त भारतका आन्द्र प्रदेश, कर्नाटक, उत्तर प्रदेश, पश्चिम वंगाल र बिहारबाट थपिएका छन्। उत्तर प्रदेश बिहार र पश्चिम वंगाल तीनवटै राज्य नेपालसँग सीमा जोडिएका भारतीय प्रदेश हुन् जहाँ अहिले कोरोना भाइरसको संक्रमणले नयाँ हट स्पट बनाउँदै लगेको छ।

बिहीवार एकै दिन भारतमा ६२ हजार नयाँ संक्रमित थपिए। यससँगै भारतमा कोरोना संक्रमितको संख्या २० लाख २२ हजार ७ सय ३० पुगेको छ। पछिल्लो २३ दिनमा भारतमा संक्रमित संख्या दोब्बरले बढेको हो। संक्रमितको संख्यामा भएको यो वृद्धिदर अमेरिका र ब्राजिलको भन्दा भयावहपूर्ण हो। यो रफ्तार कायम रहने र उत्तर प्रदेश, कर्नाटक र आन्द्र प्रदेश नयाँ हट स्पट हुने अवस्थामा थप दश लाख संक्रमित थपिन दुई साताभन्दा धेरै नलाग्ने बताइएको छ।

अमेरिकामा संक्रमितको संख्या ४९ लाख ९३ हजार ५ सय ८ छ भने ब्राजिलमा २८ लाख ७३ हजार ३ सय ४।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell