काठमाडौं : विश्वमा कोरोना भाइरस संक्रमितको मृत्यु ७ लाख पार भएको छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर ७ लाख १३ हजार ४ सय ६ जना संक्रमितको मृत्यु भएको हो।
सबैभन्दा धेरै मृत्यु हुने मुलुक अमेरिका हो। त्यहाँ अहिलेसम्मभ १ लाख ६० हजार ९० जनाको मृत्यु भइसकेको छ। धेरै संक्रमितको मृत्यु हुने मुलुकमा दोस्रो स्थानमा ब्राजिल छ। त्यहाँ ९८ हजार ४ सय ९३ जनाले ज्यान गुमाइसकेका छन्।
मेक्सिको धेरै संक्रमित हुने मुलुकको सूचीमा तेस्रो स्थानमा छ। त्यहाँ ५० हजार ५ सय १७ जना संक्रमितले ज्यान गुमाएका छन्। बेलायतमा मृत्यु हुनेको संख्या ४६ हजार ४ सय ९८ रहेको छ। मृत्यु हुनेको संख्याको आधारमा भारत पाचौं स्थानमा छ। त्यहाँ अहिलेसम्म ४० हजार ६ सय ९९ जनाले ज्यान गुमाइसकेका छन्।
संक्रमितको संख्यामा भने अमेरिका, ब्राजिल, भारत र रसिया क्रमश: पहिलोदेखि चौथो स्थानसम्म रहेका छन्। यी मुलुकहरुलाई क्रमश: दक्षिण अफ्रिका, मेक्सिको, पेरु, चिली, कम्बोडिया, इरान लगायतका मुलुकले पछ्याइरहेका छन्।
