PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

उपत्यकाभित्र कोरोना संक्रमित थपिएपछि तीनवटै सिडिओको संयुक्त बैठक डाकियो, नाकादेखि ठाउँठाउँमा सिल गर्ने विषयमा छलफल



पहिलोपोस्ट

उपत्यकाभित्र कोरोना संक्रमित थपिएपछि तीनवटै सिडिओको संयुक्त बैठक डाकियो, नाकादेखि ठाउँठाउँमा सिल गर्ने विषयमा छलफल

काठमाडौं : बिहीवार देशभर थप  ३ सय ६० जनामा कोभिड १९ संक्रमण भएको पुष्टि भयो।

यी थपिएका कोरोना संक्रमिति बिरामी ४१ जिल्लाका थिए। त्यसमध्ये देशको केन्द्रीय राजधानी काठमाडौं पनि समेटियो। कुनै समय कम सङ्ख्यामा कोरोना संक्रमित देखिने काठमाडौंमा भने बिहीवार ४१ जिल्लामध्ये सबैभन्दा धेरै बिरामी भेटिए।

काठमाडौंका ७६ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको हो। काठमाडौंसँगै सोही दिन भक्तपुर १ र ललितपुरमा १० जना थपिए। पछिल्ला केही दिन यता उपत्यकाभित्र कोरोना संक्रमितको सङ्ख्या थपिँदै गएको छ। बिहीवार देशभर थपिएका संक्रमितमा उपत्यकाभित्र थपिएको सङख्या तुलना गर्दा २४ प्रतिशत हिस्सा रह्यो।

अहिलेसम्म काठमाडौं उपत्यकाभित्र ६ सय ७४ जना संक्रमित भइसकेका छन्। जसमा ४ सय ७२ जना काठमाडौं,  १ सय २४ जना ललितपुर र ७८ जना भक्तपुरका रहेका छन्।

उपत्यकाभित्र संक्रमितको सङ्ख्या बढेपछि के गर्ने भन्ने विषयमा सबै जना सोच्न बाध्य भएका छन्। शुक्रवार तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय र स्वास्थ्य क्षेत्रका अधिकारीहरुले बैठक बोलाएका छन्। बैठकमा उपत्यकाभित्र बढ्दै गएको संक्रमणलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा छलफल हुने प्रमुख जिल्ला अधिकारीले जानकारी दिए।

'उपत्यका भित्रिने नाकाबाट सबैभन्दा धेरै जोखिम देखियो। अब यसलाई कसरी व्यवस्थित गर्ने? थप कहाँ कहाँ सिल गर्ने वा के गर्ने भन्ने विषयमा छलफल हुन्छ,' ती प्रजिअले भने।

भक्तपुरको नाका साँगा भञ्ज्याङ र काठमाडौंको नाका नागढुंगाबाट आउने व्यक्तिमा कोरोनाको संक्रमण बढी देखिएको छ। 

गृह मन्त्रालयले बुधवार सुचना जारी गर्दै २ सय भन्दा बढी एक्टिभ केस भएको जिल्लामा जोरबिजोर प्रणाली अनुसार निजी तथा सार्वजनिक सवारी संचालन गर्न निर्देशन दिइसकिएको छ। काठमाडौं उपत्यकाभित्र बिहिवारदेखि जोरोबिजोर अनुसार सवारी संचालनमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell