PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

लेबनान विष्फोटको असर कोरोनामा, बढ्न सक्छ संक्रमण : स्वास्थ्य मन्त्री



पहिलोपोस्ट

लेबनान विष्फोटको असर कोरोनामा, बढ्न सक्छ संक्रमण : स्वास्थ्य मन्त्री
Reuters

लेबनानमा कोरोना भाइरस संक्रमणको संख्या बढ्न सक्ने त्यहाँको स्वास्थ्य मन्त्रीले बताएका छन्। राजधानी बेरुतमा भएको विष्फोट पछि त्यहाँको स्वास्थ्य सेवा तथा सुविधामा पारेको असरका कारण संक्रमण दर बढ्ने मन्त्री हमद हसनले बताएका हुन्।

स्थानीय मिडियासँग उनले भने,' स्वास्थ्य सुविधामा निश्चित रूपले दबाव बढेको छ। जसको असर संक्रमण फैलनमा पर्न सक्छ।' घाइतेहरूको सहायता र सुरक्षात्मक आपूर्तिका कारण कोरोना भाइरसका संक्रमित हरूको संख्यामा असर गर्ने उनको अनुमान हो।

बेरुतमा मंगलवार भएको विष्फोटमा परी १ सय ३७ जनाको मृत्यु भएको पुष्टि भएको छ।

बीबीसीले जनाए अनुसार मन्त्री हमद हसनले घाइते र संक्रमितका लागि केही दिनमै फरक फरक अस्पताल वा उपचार केन्द्रको व्यवस्थापन गर्ने आश्वासन दिएका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell