PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

अमेरिकी अर्थतन्त्रका लागि खतरा भन्दै ट्रम्पले ब्यान गरे ‘टिकटक’ र ’वीच्याट’



पहिलोपोस्ट

अमेरिकी अर्थतन्त्रका लागि खतरा भन्दै ट्रम्पले ब्यान गरे ‘टिकटक’ र ’वीच्याट’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको कम्पनी बाइट डान्ससँगको आर्थिक लेनदेनमा प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। ४५ दिनदेखि लागू हुने गरी आदेश जारी गरिएको हो।

उक्त आदेशमा लेखिएको छ - अमेरिकाको राष्ट्रिय सुरक्षाको रक्षाका लागि टिकटकविरुद्ध आक्रामक कारवाही गर्न आवश्यक छ। ‍

ट्रम्पले टिकटकले अमेरिकी जनताको निजी जानकारीहरूको दूरुपयोग गरेको र चिनियाँ सरकारलाई दिएको आरोप लगाउँदै आएको छ। टिकटकले भने आफू चीन सरकारको नियन्त्रणमा नभएको दावी गर्दै आएको छ।

शुक्रवार ट्रम्पले चिनियाँ कम्पनी टेन्सेन्टको एप वीच्याट पनि प्रतिबन्ध गर्ने बारे दोस्रो पटक आदेश जारी गरे।

उनले देशमा सूचना र सञ्चार प्रविधिसँग जोडिएको आपतकालसाग जुँध्न थप कदम चाल्ने बताए। भने,’चिनियाँ कम्पनीहरूको स्वामित्व रहेको प्रसार माध्यमले राष्ट्रिय सुरक्षा, विदेश नीति र संयुक्त राज्य अमेरिकाको अर्थतन्त्रलाई खतरामा पारेको छ।‘

उनले ‍टिकटक र वीच्याटलाई ‘खतरा’को रूपमा व्याख्या गरे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell