PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

श्रीलंका संसदीय चुनाव : एसएलपीपीको जीतसँगै खुल्यो प्रस्तावित 'संवैधानिक परिवर्तन'को बाटो



पहिलोपोस्ट

श्रीलंका संसदीय चुनाव : एसएलपीपीको जीतसँगै खुल्यो प्रस्तावित 'संवैधानिक परिवर्तन'को बाटो

श्रीलंकाका राष्ट्रपति गोटब्या राजपक्षेले त्यहाँको संसदीय चुनावमा आफ्नो पार्टीको जीत भएको घोषणा गरेका छन्। आम चुनावमा श्रीलंका पीपुल्स फ्रन्ट (एसएलपीपी)ले दुई तिहाइ बहुमतले जीतेको हो।

एसएलपीपीको जीतसँगै राष्ट्रपतिका भाइ महिंदा राजपक्षे फेरि प्रधानमन्त्री बन्ने सम्भावना बढेको छ। महिंदाले नोभेम्बरदेखि कार्यवहाक प्रधानमन्त्री हुन्। यसअघि उनी सन् २००५ देखि २०१५ सम्म प्रधानमन्त्री थिए।

पार्टीले कुल २ सय २५ मा १ सय ४५ सीट जितेको छ।  पाँच सीट श्रीलंका पीपुल्स फ्रन्टकै सहयोगी पार्टीहरूले पाएका छन्। यो जीत पार्टीका लागि प्रस्तावित 'संवैधानिक परिवर्तन'का लागि आवश्यक रहेको राष्ट्रपतिले बताएका छन्।

श्रीलंकामा एसएलपीपीले ९ महिना अघि मात्र राष्ट्रपति चुनाव जीतेको हो।

राजनीतिक दबदबा रहेको राजपक्षे परिवार विवादित छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell