PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

बयोधा र नेशनल मेडिकलका चिकित्सक, सैनिक, थुनुवा र मेयरका आमाबुवासहित १४१ जना संक्रमित थपिए



राधेश्याम पटेल

बयोधा र नेशनल मेडिकलका चिकित्सक, सैनिक, थुनुवा र मेयरका आमाबुवासहित १४१ जना संक्रमित थपिए

वीरगंज : वीरगंजमा कोरोना संक्रमणको कहर बढ्दो छ। नारायणी अस्पतालको पछिल्लो तथ्यांक अनुसार पर्सा, बारा, रौतहटकका गरी १४१ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये २१ जना महिला र १ सय २० जना पुरुष रहेका छन्।

संक्रमितमध्ये ४ जना बारा, ४ जना रौतहट र बाँकी सबै पर्साका हुन्। संक्रमितहरू ८ वर्षको बालकदेखि ७९ वर्षका वृद्धसम्म रहेका छन्। १ सय ४१ जनामध्ये २ जनामा मृत्युपछि कोरोना भाइरसको संक्रमण देखिएका हो।

वीरगंज ११ श्रीपुरका ७९ वर्षीय पुरुष र सोही वडाका घडिअर्वाका ५७ वर्षीय पुरुषको शवको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालले जनाएको छ। ७९ वर्षीय पुरुषको साउन २० गते आफ्नै घरमा मृत्यु भएको थियो भने ५७ वर्षीय पुरुषको गण्डक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।

विहीवार राती आएको रिपोर्ट अनुसार नारायणी वयोधा अस्पताल गण्डकका ५ जना डाक्टरसहति १४ जना कर्मचारी संक्रमित भएका छन्। वीरगंज १३ तेजारथ टोलका २९ वर्षीय, परवानीपुर गापा ३ बाराका २८ वर्षीय पुरुष, वीरगंज १४ पिपराकी ३८ वर्षीया महिला, वीरगंज मुर्लीका २७ वर्षीय पुरुष र वीरगंज १३ श्रीपुरका ३३ वर्षीय पुरुष डाक्टर गरी कुल ५ जना डाक्टरहरु संक्रमित भएका हुन्।

सोही अस्पतालका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सफाइकर्मी गरी ९ जना संक्रमित भएका छन्।

नेशनल मेडिकल कलेजका ३० वर्षीय डाक्टरमा पनि संक्रमण देखिएको छ।

जिल्ला प्रहरी कार्यालयकी एसपी गंगा पन्तका अनुसार ४३ जना थुनुवा, १ प्रहरी र ५ जना नेपाली सेनामा पनि संक्रमण पुष्टि भएको छ।

वीरगंज महानगरका मेयर विजयकुमार सरावगीका ७२ वर्षीय बुवा र ६८ वर्षीया आमासेमत संक्रमित भएका छन्।

वीरगंज २५ खाल्वाटोला श्रीसियाका २२ जना संक्रमित थपिएका छन्। वीरगंजकै छपकैया, विर्ता, आदर्शनगर, फुलबारी टोल, श्रीसिया, अशोक बाटिका, भवानीपुर, अडिअर्वा, मुर्ली, गण्डक बहुअरी,  चिनिमिल, तेजारथ टोल, श्रीपुरलगायत ठाउँमा संक्रमण फैलिएको छ।

त्यसैगरी, पर्सागिढी २ जनामा संक्रमण पुष्टि भएको छ। रौतहटमा होम क्वारेन्टिनमा रहेका ४ जनामा पनि संक्रमण देखिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell