PahiloPost

May 16, 2026 | २ जेठ २०८३

अस्पताल भर्ना हुनसाथ कोभिड १९ संक्रमितको मृत्यु



फूलमाया पुरी

अस्पताल भर्ना हुनसाथ कोभिड १९ संक्रमितको मृत्यु

विराटनगर : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड १९ संक्रमित एक युवाको मृत्यु भएको छ।

सिराहाका २५ वर्षीय कोभिड संक्रमित युवाको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए।

बिहीवार प्रतिष्ठान आइपुगेका ती युवाको राती १०: ४५ बजे मृत्यु भएको उनले बताए।

‘हिजो सिकिस्त अवस्थामा यहाँ आइपुग्नु भएको थियो,' उनले भने, 'राती १०:४५ बजे मृत्यु भयो।’

प्रवक्ता डा. सापकोटाका अनुसार ती युवा दुई वर्षदेखि मिर्गौला रोगी थिए। ती युवाले जनकपुर अस्पतालमा नियमित डायलसिस गराउँदै आएका थिए।

जनकपुर अस्पतालमै १९ गते ती युवाको स्वाब संकलन गरिएको थियो। बिहीवार उनमा संक्रमण पुष्टि भएको प्रवक्ता डा.सापकोटाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell