PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

चिनियाँ बक्सअफिसबाट पहुँच गुमाउन चाहँदैन हलिउड



पहिलोपोस्ट

चिनियाँ बक्सअफिसबाट पहुँच गुमाउन चाहँदैन हलिउड

चीनमा हलिउड फिल्म बजार बन्द हुन नदिनका लागि हलिउडका मालिकहरूले फिल्म सेन्सर सुरु गरेका छन्। पेन नामक एक संस्थाले अमेरिकी फिल्म कम्पनीहरूले चीनको आकर्षक बक्सअफिसबाट पहुँच गुमाउन नचाहेको जनाएको हो।

उक्त रिपोर्टले हलिउड फिल्मका कलाकार, फिल्मको विषयवस्तुदेखि संवाद र प्लट समेत बेइजिङको सेन्सर समूहलाई खुशी बनाउने केन्द्रित हुन थालेको छ।

पेनको अध्ययनका अनुसार हलिउड चिनियाँ बक्सअफिस केन्द्रित हुन थाले पछि चीनले दूनियाँभरको फिल्म बजारमा प्रभाव पार्न सक्ने भएको हो।

चीन अमेरिका पछि दोस्रो ठूलो फिल्म बजार भएको देश हो। हलिउड रिपोर्टरका अनुसार हलिउडले सन् २०१९ मा चीनबाट मात्रै २.६ बिलियन डलर जम्मा गरेको थियो।

रिपोर्ट सार्वजनिक गर्ने पेन गैर सरकारी संस्था हो जसले वाक स्वतन्त्रताको क्षेत्रमा काम गर्छ। साहित्यका लागि प्रसिद्ध पिनुटर प्राइज पेनले प्रायोजन गर्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell