PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सरोज र अस्मिताको ‘माया गरौंला ओए माया गरौंला’मा पल शाह र टिकटक स्टारको रोमान्स



पहिलोपोस्ट

सरोज र अस्मिताको ‘माया गरौंला ओए माया गरौंला’मा पल शाह र टिकटक स्टारको रोमान्स

गायक सरोज ओली र गायिका अस्मिता अधिकारीको गीत ‘माया गरौला ओए माया गरौला’ सार्वजनिक भएको छ।

गज्जब टिभी युट्युब च्यानलमार्फत सार्वजनिक गीतको म्युजिक भिडियोमा नायक पल शाह र टिकटकमा पछिल्लो लोकप्रिय कलाकारहरु सुधिर श्रेष्ठ, सुनिसा बजगाई र उषा उप्रेतीको रोमान्स देख्न सकिन्छ। प्रेम कथामा आधारित गीतमा पल नेवारी पहिरन र सुधिर मधेसी भेषमा प्रस्तुत हुन्छन्।

सार्वजनिक गीतको शब्द दिनेश थपलियाले कोरेका हुन्। उनी प्रमुख निर्वाचन आयुक्त पनि हुन्।

आचार्य कृष्ण भारद्राजले गीतमा संगीत भरेका छन्।

यस म्युजिक भिडियोमा एरेन्ज जीवन बडु, मिक्सिङ श्यामश्वेत रसाइलीको रहेको छ। भिडियामा छायाँकन नवराज उप्रेती, सम्पादन अमन मानन्धर,कलर श्याम कुँवर, कोरियोग्राफी/कथा विक्रम स्वारको रहेको छ भने निर्देशन गायक ओलीले नै गरेका हुन्।

भिडियो:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell