PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

एयरपोर्ट ढिला पुग्दा फेबियन एलनले गुमाउने भए सीपीएल



पहिलोपोस्ट

एयरपोर्ट ढिला पुग्दा फेबियन एलनले गुमाउने भए सीपीएल

फ्लाइट छुटाएका कारण वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलनले क्यारेबियन प्रिमियर लिग (सीपीएल) गुमाउने भएका छन्। ३ अगस्टको फ्लाइटबाट उनी बार्बाडोस पुगेर त्यहाँबाट टिमको चार्टड् फ्लाइटबाट ट्रिनिडाड एन्ड टोबागो जानुपर्ने थियो। तर एयरपोर्ट ढिला पुग्दा एलनको फ्लाइट छुट्यो।

अर्कोतर्फ ट्रिनिडाड पुगेका सबै १६२ खेलाडी, अफिसियल्स् र एडमिनिस्ट्रेटरको कोरोना नेगेटिभ आइसकेको छ। नेपाली स्पिनर सन्दीप लामिछाने पनि साउन १५ गते प्रस्थान गरिसकेका छन्। सन्दीप, सिकन्दर राजा, राशिद खान र मोहम्मद नाबि एउटा बिल्डिङको फरकफरक तलामा देखिएका थिए।

इएसपिएनक्रिकइन्फोसँग एलनले दुर्भाग्यबस फ्लाइट डिटेलबारेको कन्फ्युजनको कारण फ्लाइट छुटेको बताए। फ्लाइट छुटेसँगै अर्को फ्लाइटको लागि प्रयास गरे पनि कोभिड १९ को महामारीको कारण सम्भव नभएको बताइएको छ। सीपीएलको नियमअनुसार उनी चार्टड् फ्लाइटमार्फत मात्र जान सक्नेछन्। त्यहाँ पुगेर पनि २ हप्ता क्वारेन्टाइन बस्नु पर्ने भएकाले अब उनको सिपिएल खेल्ने सम्भावना नरहेको बताइएको छ।

सीपीएल अगस्ट १५ बाट सेप्टेम्बर १० सम्म हुनेछ। सीपीएलमा जमैकासँगै बार्बेडोस् ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell