PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सुदूरपश्चिममा थप १७ जनामा कोरोना, संक्रमितको संख्या पाँच हजार नजिक



पहिलोपोस्ट

सुदूरपश्चिममा थप १७ जनामा कोरोना, संक्रमितको संख्या पाँच हजार नजिक

धनगढी : धनगढीमा गरिएको परीक्षणमा सुदूरपश्चिमका थप १७ जनामा कोरोना पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय ४९ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका १६ र कञ्चनपुरका एक जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। सबैभन्दा बढी कैलालीको टीकापुर नगरपालिकाका ५ महिला र सात पुरुष गरी १२ जनामा संक्रमण पुष्टि भएको उनले बताए।

कैलालीकै गोदावरी नगरपालिकाका दुई महिला र एक पुरुष गरी तीन जना, धनगढी उप–महानगरपालिका वडा नम्वर १२ की २२ बर्षीया युवती र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर ६ की ३० बर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार नौँ सय सात पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell