PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

सुशान्त मृत्यु प्रकरणमा सीबीआईले पनि दियो रिया चक्रवर्तीविरुद्ध उजुरी



पहिलोपोस्ट

सुशान्त मृत्यु प्रकरणमा सीबीआईले पनि दियो रिया चक्रवर्तीविरुद्ध उजुरी

भारतको केन्द्रीय अन्वेषण ब्यूरो (सीबीआई) ले विहीवार अभिनेत्री रिया चक्रवर्तीसहित ६ जनाविरुद्ध उजुरी दर्ता गरेको छ। रियाका भाइ सोविक, बुवा इन्द्रजि, आमा सन्ध्या, सुशान्तका व्यवस्थापकहरू स्यामुयल मिरन्डा र श्रुती मोदीविरुद्ध पनि उजुरी दर्ता भएको हो

उनीहरूलाई आत्महत्या दुरुत्साहन, आपराधिक षडयन्त्र, चोरी, धोका, धम्की लगायत आरोप छ।

आइपिएस अधिकारी मनोज शशिधरको नेतृत्वमा सुशान्त सिंह राजपूतको मृत्युबारे अनुसन्धान टोली गठन गरिएको छ। यसै साता केन्द्र सरकारले अनुमति दिए पछि यस घटनामाथि सीबीआई सक्रिय भएको हो।

सुशान्त जुन १४ मा मुम्बईस्थित आफ्नै अपार्टमेन्टमा झुण्डिएको अवस्थामा भेटिएका थिए। मुम्बई प्रहरीले उनको मृत्‍युलाई आत्‍महत्या पुष्टि गरिसकेको थियो। अभिनेता सुशान्तको कोठाबाट मानसिक स्वास्थ्य उपचार सम्बन्धी कागजपत्र भेटिएको बताइएको थियो र उनको मृत्युको कारण डिप्रेसन भएको चर्चा थियो।

सुशान्तका बुवा केके सिंहले विहार प्रहरीमा रिया चक्रवर्तीविरुद्ध धोका, पैसा हडपेको, डर धम्की देखाएको लगायत आरोपसहित उजुरी दिए पछि घटनाको विकासक्रम जारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell