PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अयोध्यामा मोदीलाई भूमि पुजन गराउने पुरोहित नेपाली



पहिलोपोस्ट

अयोध्यामा मोदीलाई भूमि पुजन गराउने पुरोहित नेपाली

काठमाडौं: भारतको उत्तर प्रदेशस्थित अयोध्यामा राम मन्दिर निर्माणका लागि बुधवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भूमि पुजन गरे। मर्यादा पुरुषोत्तम श्रीरामको जन्म भूमिमा मन्दिरको शिलान्याश गर्न पुगेका मोदीलाई भूमि पूजन पुरोहित आचार्य दुर्गाप्रसाद गौतमले गराए। गौतम नेपाली नागरिक भएको तथ्य बीबीसी नेपाली सेवाले पत्ता लगाएको छ।

कार्यक्रमपछि पुरोहित गौतमले अयोध्यास्थित भव्य समारोहमा मोदीलाई भूमि पुजन गराउन पाउँदा र गौरवपूर्ण ऐतिहासिक दिनको साक्षी बन्ने अवसर पाउँदा आफूलाई गर्व लागेको बताए। यो सारा नेपालीकै लागि गर्वको विषय भएको उनको भनाई छ।

मोदीले बुधवार अयोध्यामा २ घण्टा विताएका थिए। आधा घण्टा बढी समय पुजा गरेका थिए। पुजा गर्दा पुरोहित गौतमले मोदीकै छेउमा बसेर मन्त्रोचारण गर्दै पुजा गराएका थिए।

भूमि पुजनपछि आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले नेपालको रामसँग आत्मीय सम्बन्ध माता जानकीका कारण जोडिएको बताएका थिए।

को हुन गौतम?

झापाको बाहुनडाँगी घर भएका गौतम गाउँमै प्राथमिक शिक्षा लिएर थप अध्ययनका लागि भारत गएका थिए। बनारस र दिल्लीबाट उच्च शिक्षा हासिल गरे। संस्कृत व्याकरणमा आचार्य गरेर पुरोहित बने। अहिले अयोध्यास्थित वेद विद्याश्रममा पढाउँछन्। विद्यावारिधिको तयारीमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell