PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

पाकिस्तानमा क्रिकेटको फाइनल खेल चलिरहँदा गोलीबारी



पहिलोपोस्ट

पाकिस्तानमा क्रिकेटको फाइनल खेल चलिरहँदा गोलीबारी
फोटो : sandesh.com

पाकिस्तानको पख्तुनख्वा प्रान्तको ओराक्जइ जिल्लामा बिहीवार एउटा लोकल क्रिकेट टुर्नामेन्टको क्रममा अन्धधुन्ध गोलीबारी भएको छ। यद्यपि गोलीबारीको कसैको मृत्यु नभएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्।

ओराक्जइ जिल्लाको माथिल्लो भेगमा रहेको ड्रादर मामाजाइ क्षेत्रमा बिहीवार एम्न क्रिकेट टुर्नामेन्टको फाइनल खेलमा आक्रमण भएको हो। द न्युजले प्रत्यक्षदर्शीको हवाला दिँदै ठूलो संख्यामा दर्शकहरुलगायत स्थानीय राजनीतिज्ञहरु पनि त्यहाँ उपस्थिति भएको दाबी गरेको छ।

म्याच सुरु हुँदै गर्दा आक्रमण भएको बताइएको छ।

'उनीहरुले भनेका छन् म्याच सुरु हुनेबितिक्कै नजिकैको पहाडबाट मैदानमा अन्धधुन्ध फायरिङ भएको थियो,' मिडिया रिपोर्टमा भनिएको छ, 'त्यसपछि मैदानमा भागाभाग मच्चिएको थियो।'

प्रतियोगिताको प्रमुख अतिथिमा उलेमा इ इस्लामका नेता हाजी कुसिम गुल प्रमुख अतिथि थिए। एक्कासी फायरिङ हुँदा खेल रोक्नुबाहेकको आयोजकसँग विकल्प नभएको बताइएको छ।

यसअघि सन् २००९ मा पाकिस्तान गएको श्रीलंकको क्रिकेट टोली चढेको बस आक्रमण भएपछि पाकिस्तानले अन्तर्राष्ट्रिय स्तरमै बदनामी ब्यहोरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell