PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

बाढी पीडितका लागि चलचित्र पत्रकार संघको रक्तदान



पहिलोपोस्ट

बाढी पीडितका लागि चलचित्र पत्रकार संघको रक्तदान

काठमाडौं : नेपाल चलिचत्र पत्रकार संघले रक्तदान कार्यक्रम आयोजना गर्दैछ। संघले साउन २४ गते, शनिवार बाढी पीडितहरूका लागि रगत संकलन गर्न लागेको हो।

रेडक्रससँगको सहकार्यमा हुन लागेको रक्तदान कार्यक्रम सुरक्षा व्यवस्थापनसहित हुने संघका सचिव समिर बलामीले जानकारी दिए। भने,'कोरोना महामारीबीच देशभर धेरै स्थानका मानिसहरू बाढीबाट पीडित छन्। बाढीका कारण घाइते भएकाहरूका लागि रक्तदान कार्यक्रम आयोजना गरेका हौं। संक्रमण फैलन नदिने व्यवस्थापनसहित कार्यक्रम हुन्छ।'

उनका अनुसार उपस्थित दाताहरूलाई नाम दर्ता लगत्तै शारीरिक दूरी कायम गरी फरक फरक ठाउँमा राखिने छ। एक पटकमा ८ जना दाताबाट रगत निकालिने छ। दान गरिसके पछि आराम गर्नका लागि पनि फरक स्थान छुट्याइएको बलामीले जानकारी दिए।

'आवश्यक सुरक्षा नीति अपनाउने छौं। सुरक्षासहित सेवा र सहयोगका लागि संघ सधैं सक्रिय रहँदै आएको छ', उनले भने।

संघले महामारीको समयमा नेपाली चलचित्र क्षेत्रका पत्रकारहरूलाई सुरक्षा उपकरण उपलब्ध गराउनेदेखि आवश्यक परेका पत्रकारहरूलाई रासन एवं अन्य सहयोग पनि पुर्‍याउँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell