PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

फ्राइडे रिलिज : फिल्म हल ठप्प अवस्थामा दामी एपले प्रदर्शनमा ल्यायो ४ नेपाली फिल्म



पहिलोपोस्ट

फ्राइडे रिलिज : फिल्म हल ठप्प अवस्थामा दामी एपले प्रदर्शनमा ल्यायो ४ नेपाली फिल्म

काठमाडौँ : दामी म्युजिक एपले नेपाली फिल्महरू प्रदर्शनमा राखेको छ। महामारी र लकडाउनका कारण सिनेमा घरहरू ठप्प रहेको अवस्थामा उक्त डिजिटल प्ल्याटफर्ममार्फत् फिल्म रिलिज भएको हो।

नेपाली गीत संगीत उपलब्ध दामी म्युजिक एपले आजै (शुक्रवार)बाट फिल्म समेत प्रदर्शनमा राखेको हो। नेपालमा प्राय: नयाँ फिल्म शुक्रवारनै सार्वजनिक गरिन्छ। एपका संस्थापन सुदिप पोखरेलले भने,'महामारी बीच फ्राइडे रिलिजलाई निरन्तरता दिन लागेका हौं।'

अबदेखि दामीमार्फत् हरेक साता एक नेपाली फिल्म प्रदर्शन हुनेछ। हाल नेपालभित्रका दर्शकका लागि मात्र फिल्म उपलब्ध हुनेछ। फिल्म हेर्न ७५ रुपैयाँ तिर्नु पर्ने हुन्छ। रकम तिरेको ७२ घण्टाभित्र फिल्म हेरिसक्नु पर्ने पोखरेलले जानकारी दिए। साथै फिल्म मोबाइल वा ट्याब प्रयोगकर्ताको लागि मात्र उपल्बध हुनेछ। भने,'फिल्मको पाइरेसी रोक्नका लागि यस्तो नीति बनाएका हौं।'

सुरुवाती शुक्रवार भएकाले आज भने दामी म्युजिक एपले एकै पटक ४ नेपाली फिल्म प्रदर्शनमा राख्दै छ। जसका लागि ४ फरक हल उपलब्‍ध हुनेछ। दर्शकले आफूलाई इच्छा लागेको फिल्म छानेर हेर्न सक्नेछन्।

फिल्महरू ‘सेल्फी किङ', 'घामड शेरे', 'हजार जुनीसम्म' र शुभ लभ’ प्रदर्शनमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell