PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

राष्ट्रिय सभाका चार वटै समितिका सभापति निर्विरोध निर्वाचित



पहिलोपोस्ट

राष्ट्रिय सभाका चार वटै समितिका सभापति निर्विरोध निर्वाचित

काठमाडौं: राष्ट्रिय सभा अन्तर्गतका समितिहरुमा भएको सभापतिको निर्वाचनमा सबै समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएका छन्।

निर्वाचनबाट दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट, विधायन व्यवस्थापन समितिमा परशु राम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण विडारी र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापा (पार्वती) सभापतिमा निर्वाचित भएका छन्।

सभापतिका लागि बिहीवार चार वटा समितिमा चार जनाको एकल उम्मेदवारी परेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell